1. शब्द सिक्नुहोस्

‘अनुवाद तथा व्याकरणसम्बन्धी नोटहरू’मा हेरक पाठका लागि नयाँ शब्दहरू प्रस्तुत गरिएको छ। यी नयाँ शब्दहरू प्रयोग गरी छोटा वाक्यहरू बनाउने अभ्यास गर्दै यी नयाँ शब्दहरू सिक्नुहोस्।

2. वाक्यका ढाँचाहरू अभ्यास गर्नुहोस्

हरेक वाक्यका ढाँचा आफूले बुझ्ने कुरा सुनिश्चित गर्नुहोस्। आफूलाई वाक्यको ढाँचा आफै आउने नहुन्जेलसम्म अभ्यास A र अभ्यास B को अभ्यास गर्नुहोस्।

3. संवाद गर्ने अभ्यास गर्नुहोस्

अभ्यास C मा दिइएका छोटा संवादहरू प्रयोग गरेर वाक्यका ढाँचाहरू अभ्यास गर्नुहोस्। तर यतिमै सीमित नहुनुहोस्, अभ्यासलाई निरन्तरता दिनुहोस् र संवाद विस्तार गर्दै जानुहोस्। यी संवादहरूले विद्यार्थीहरूले सधैंजसो भोगिरहने दैनिक अवस्थाहरू जस्ताको तस्तै उतार्छन्। स्वाभाविक बोलीचालीको लय हासिल गर्ने उपाय भनेको सिडी सुन्दै हाउभाउ र मुख मुद्राको प्रयोग गरेर बोलचालको अभिनय गर्नु हो।

4. आफ्नो बुझाइ जाँच गर्नुहोस्

हरेक पाठको अन्त्यमा केही अभ्यास प्रश्नहरू दिइएको छ जसलाई तपाईले पाठ सही रूपमा बुझ्नुभयो या बुझ्नुभएन भन्ने कुरा जाँच गर्न प्रयोग गर्नुपर्छ।

5. आफूले सिकेका कुराहरू प्रयोग गर्नुहोस्

आफूले सिकेका जापानी कुराहरूको प्रयोग गरेर जापानी नागरिकहरूसँग कुरा गर्ने प्रयास गर्नुहोस्। आफूले सिकेका कुराहरू बिर्सनुअघि तत्कालै प्रयोग गर्नु नै भाषा सिक्ने सबैभन्दा छिटो बाटो हो।

हरेक पाठको लागि सिकाइको श्रृङ्खला
शब्द सिक्नुहोस्
(1) सिकाइको प्रत्येक बुँदाको लागि
अभ्यास A

अभ्यास B

अभ्यास C

वाक्यका ढाँचाहरू, उदाहरण वाक्यहरू,
पुनरावलोकन तथा जाँच
संवाद
(2) सिकाइको प्रत्येक बुँदाको लागि
अभ्यास A

अभ्यास B

वाक्यका ढाँचाहरू, उदाहरण वाक्यहरू,
पुनरावलोकन तथा जाँच
अभ्यास C

संवाद
प्रश्नहरू अभ्यास गर्नुहोस्

रूट (1) वा रूट (2) अपनाएर सामग्री पढ्नुहोस्। आफूले सिकाइका सबै मुख्य बुँदाहरू सिक्ने कुरा सुनिश्चित गर्न कृपया यो पुस्तकको अन्त्यमा दिइएको सिकाइको मुख्य बुँदाहरूको तालिका हेर्नुहोस्।