I. संरचना

सबैका लागि जापानी भाषा (Minna no Nihongo Shokyu I) को दोश्रो संस्करणमा दुई भोल्युमहरू छन्: ‘मुख्य भाग (सिडी सहित)’ र ‘अनुवाद तथा व्याकरणसम्बन्धी नोटहरू’। अङ्ग्रेजीबाट सुरु गरी, अनुवाद र व्याकरणसम्बन्धी नोटहरू अब 14 भन्दा बढी भाषाहरूमा प्रकाशित भएका छन्।

सामग्रीहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ जस्ता चार सीपहरू सिकाउने उद्देश्यले संग्रहित गरिएको छ। तथापी, ‘मुख्य भाग’ र ‘अनुवाद तथा व्याकरणसम्बन्धी नोटहरू’ले हिरागाना (hiragana), काटाकाना (katakana), वा कान्जी (kanji) पढ्ने र लेख्ने बारेमा कुनै निर्देशन दिँदैन।

II. विषयवस्तु
1. मुख्य भाग
1) जापानी उच्च्रारण

यस खण्डले जापानी उच्चारणका ध्यान दिनुपर्ने मुख्य कुराहरूको उदाहरण दिन्छ।

2) कक्षाकोठाको भाषा, दैनिक अभिवादन र अभिव्यक्तिहरू, अंकहरू

यस खण्डमा कक्षाकोठा, आधारभूत दैनिक अभिवादनहरू र अन्य अवस्थामा प्रयोग हुने शब्दहरू र पदावलीहरूको सूची दिइएको छ।

3) पाठहरू

यसमा निम्न विषयवस्तुहरू समावेश गरिएका पाठहरू छनः

(1) वाक्यका ढाँचाहरू

यस पाठमा वाक्यका आधारभूत ढाँचाहरू सिक्नुपर्नेछ।

(2) उदाहरण वाक्यहरू

वास्तविक कुराकानीमा वाक्यका आधारभूत ढाँचाहरूलाई कसरी प्रयोग गरिन्छ भनी देखाउन छोटा संवादहरूमा वाक्यका आधारभूत ढाँचाहरू समावेश गरिएको छ। नयाँ क्रिया विशेषणहरू, संयोजकहरू र अन्य शब्दवर्गहरू तथा थप सिकाइका बुँदाहरू पनि प्रस्तुत गरिएको छ।

(3) संवाद

संवादमा, जापानमा बसोबास गर्ने विदेशी व्यक्तिहरू विभिन्न अवस्थामा देखा पर्छन्। संवादमा दैनिक अभिवादनहरू र अन्य अभिव्यक्तिहरू तथा यस पाठमा सिक्नुपर्ने अन्य सामग्रीहरू छन्। समयले भ्याएमा ‘अनुवाद तथा व्याकरणसम्बन्धी नोटहरू’मा दिइएका केही ‘उपयोगी शब्दहरू’ प्रयोग गरेर विद्यार्थीहरूले संवाद गर्ने कोसिस गर्न सक्नेछन्।

(4) अभ्यासहरू

अभ्यासहरूलाई तीन तहमा विभाजित गरिएको छ: A, B र C ।

अभ्यास A लाई विद्यार्थीहरूले व्याकरण संरचना सजिलै बुझून् भन्ने हेतुले दृश्यात्मक ढाँचामा तयार गरिएको छ। विद्यार्थीहरूलाई क्रियाका विविध रूपहरू बनाउन र एकअर्को शब्दहरूबीच सम्बन्ध देखाउनका साथै वाक्यका आधारभूत ढाँचाहरूमा कौशलता हासिल गर्न सजिलो पार्ने उद्देश्यले यो पाठ तयार गरिएको छ।

वाक्यको आधारभूत ढाँचाको बारेमा विद्यार्थीको बुझाइ दह्रिलो पार्नको लागि अभ्यास B लाई विविध स्वरूप दिइएको छ। तीर (➔) सहितको अंकले अभ्यासमा चित्र प्रयोग गरिएको छ भन्ने जनाउँछ।

अभ्यास C विद्यार्थीहरूलाई उनीहरूको सञ्चार खुबी सुधार गर्ने हेतुले तयार गरिएको छ। विद्यार्थीहरूले यो अभ्यासलाई मुनि धर्का तानिएको शब्दहरूको साटोमा तोकिएको कुराकानीमा परिस्थितिसँग मिल्दो विकल्पहरू राख्दै कुराकानी अभ्यास गर्न प्रयोग गर्न सक्नेछन्। तथापी यसलाई सामान्य प्रतिस्थापन अभ्यास हुनबाट रोक्नको लागि हामीले सम्भव भएसम्म प्रतिस्थापन जनाउन शब्दहरू प्रयोग गरेका छैनौं। यसको मतलब अभ्यासहरू एकदमै स्वतन्त्र प्रकृतिका छन्, एउटै चित्रको आधारमा विद्यार्थीहरूले विभिन्न् कुराकानीका उदाहरणहरू बनाउन सक्छन्।

अभ्यास B र C का नमुना उत्तरहरू छुट्टै संग्रह भोल्युममा उपलब्ध छन्।

(5) अभ्यास प्रश्नहरू

अभ्यास प्रश्नहरू तीन प्रकारका छन्: सुन्ने बुझ्ने, व्याकरण र पढ्ने बुझ्ने। सुन्ने बुझ्ने प्रश्नहरूलाई थप दुई प्रकारमा विभाजन गरिएको छः छोटा प्रश्नहरूको उत्तर दिने र छोटा संवाद सुनेर मुख्य आशयहरू बुझ्ने। व्याकरण प्रश्नहरूले विद्यार्थीहरूको शब्द भण्डार र व्याकरणका मुख्य बुँदाहरूको बुझाइ जाँच गर्छ। पढ्ने बुझ्ने प्रश्नहरूको लागि, विद्यार्थीहरूले आफूले सिकेका शब्द भण्डार र व्याकरण समावेश भएको एक सरल अनुच्छेद पढ्नुपर्नेछ र यसको विषयवस्तुसँग सम्बन्धित धेरै प्रकारका कार्यहरू गर्नुपर्छ।

(6) पुनरावलोकन

केही पाठहरू सकिसकेपछि मुख्य बुँदाहरू विद्यार्थीहरूले पुनः दोहोर्याउन सकून भन्ने उद्देश्यले यो खण्ड उपलब्ध गराइएको छ।

(7) क्रिया विशेषण, संयोजक र बोलीचालीका अभिव्यक्तिहरूको सारांश

यिनीहरू यो पुस्तकमा प्रयोग भएका क्रिया विशेषण, संयोजक र बोलीचालीका अभिव्यक्तिहरू पुनरावलोकन गर्न विद्यार्थीहरूलाई सक्षम बनाउन तयार गरिएका अभ्यास प्रश्नहरू हुन्।

4) क्रियाका रूपहरू

यो खण्डमा यो पुस्तकमा प्रयोग भएका क्रियाको रूपहरूको सारांशका साथै क्रियाको पुछारमा जोडिने रूपहरू प्रस्तुत गरिएको छ।

5) सिकाइको मुख्य बुँदाहरूको तालिका

यो तालिका यो पुस्तकमा प्रस्तुत गरिएका सिकाइको मुख्य बुँदाहरूको साराँश हो र यो खास गरी अभ्यास A मा केन्द्रित छ। यसले कुन वाक्य ढाँचा, उदाहरण वाक्य र अभ्यास B र C अभ्यास A मा प्रस्तुत गरिएका प्रत्येक अध्ययन बिन्दुहरूसँग सान्दर्भिक छन् भन्ने कुरा देखाउँछ।

6) अनुक्रमणिका

यस सूचीमा कक्षाकोठाको भाषा, दैनिक अभिवादन तथा अभिव्यक्तिहरू र हरेक पाठमा आएका नयाँ शब्द तथा अभिव्यक्तिहरू अनि तिनीहरू कुन पाठमा पहिलोपटक आए भन्ने जानकारी पर्दछन्।

7) संलग्न सिडी

यो पुस्तकसँग भएको सिडीमा हरेक पाठका संवादहरू र सुन्ने बुझ्ने अभ्यासहरू राखिएको छ।

2. अनुवाद तथा व्याकरणसम्बन्धी नोटहरू
1) जापानी भाषाको सामान्य विशेषताहरूका साथसाथै जापानी लेखाइ तथा उच्चारण प्रणालीहरूको व्याख्या।
2) कक्षाकोठाको भाषा, दैनिक अभिवादन तथा अभिव्यक्तिहरूको अनुवाद।
3) पाठ 1 देखि 25 सम्म प्रत्येक पाठका लागि निम्न कुराहरू:

(1) नयाँ शब्दहरू र तिनका अनुवादहरू।

(2) वाक्यका ढाँचाहरू, उदाहरण वाक्यहरू र कुराकानीहरूका अनुवादहरू।

(3) प्रत्येक पाठसँग सम्बन्धित उपयोगी शब्दहरू र जापानको बारेमा सानो टुक्रे जानकारी।

(4) वाक्यका ढाँचा र अभिव्यक्तिहरूमा प्रयुक्त व्याकरणका व्याख्याहरू।

4) अंक, समय, समय अवधि कसरी अभिव्यक्त गर्ने, प्रति–प्रत्ययहरूको सूची, र क्रियाको रूप परिवर्तनहरूको साराँश।
III. पाठहरू पूरा गर्न लाग्ने समय

हरेक पाठ पूरा गर्न विद्यार्थीहरूलाई 4-6 घण्टाहरू लाग्नुपर्छ र पुरै पुस्तक सिध्याउन 150 घण्टाहरू लाग्नुपर्छ।

IV. शब्दभण्डार

यो पुस्तकमा दैनिक जीवनमा बारम्बार प्रयोग हुने मुख्यमुख्य 1000 शब्दहरू प्रस्तुत गरिएको छ।

V. कान्जी प्रयोग

जहाँजहाँ सम्भव छ, यो पुस्तकमा प्रयोग भएको कान्जी सन् 1981 मा जापानी मन्त्रीपरिषदद्वारा घोषणा गरिएको नियमित प्रयोगको लागि कान्जी (जोयो कान्जी) को सूचीबाट लिइएको छ।

1) 熟字訓 [jukujikun]「熟字訓(じゅくじくん)」((दुई वा दुईभन्दा बढी कान्जीबाट बनेका तथा विशेष शैलीमा पढिने शब्दहरू) जुन जोयो कान्जी सूचीको अनुक्रमणिकामा देखा पर्छन्। यिनीहरूलाई कान्जीमा लेखिएको छ:

उदाहरणको लागि
友達(ともだち) साथी
果物(くだもの) फलफूल
眼鏡(めがね) चश्मा

2) जोयो कान्जी सूचीमा नदेखिएका केही कान्जी र पठनहरू ठाउँको नाम र अन्य व्यक्तिवाचक नाम र कलात्मक, साँस्कृतिक तथा अन्य विशेष क्षेत्रहरूमा प्रयुक्त हुने शब्दहरूमा प्रयोग गरिएका छनः

उदाहरणको लागि
大阪(おおさか) ऒसाका
奈良(なら) नारा
歌舞伎(かぶき) काबुकी

3) लेख पढ्न सजिलो होस् भनेर केही शब्दहरू जोयो कान्जी सूचीमा भए पनि कानामा लेखिएका छन्:

उदाहरणको लागि
ある((る・(る) छ/अस्तित्व हुनु
たぶん(多分(たぶん) सायद
きのう(昨日(きのう) हिजो

4) अंकहरूमा सामान्यतः अरबी संख्याहरू नै लेखिन्छ।

उदाहरणको लागि
() नौ बजे
(がつ)1日(ついたち) 1 अप्रिल
(ひと) एक

VI. विविध

1) हटाउन मिल्ने शब्दहरूलाई ठूलो कोष्ठकमा राखिएको छ।

उदाहरणको लागि
(ちち)は 54[(さい)]です。 मेरा बुबा 54 [वर्ष] को हुनभयो।

2) पर्यायवाची शब्दहरू र अभिव्यक्तिहरूलाई सानो कोष्ठकमा राखिएको छ।

उदाहरणको लागि
だれ(どなた) को